कांग्रेसले सत्तागठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरुलाई सहभागी गराउने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सत्तागठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरुलाई सहभागी गराउने भएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगंजमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशका गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरुको सहभागीता गराउने निर्णय गरेको हो । भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुलाई समेतको सहभागीता हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई बिजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ बिजयी गराउनका लागि पहल गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्