बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने

न्युज कारखना
  • ख-
  • ख
  • ख+

पोखरा, १७ फागुन । बुद्ध एयरले आगामी मार्च ९ अर्थात २५ फागुन देखि भद्रपुर देखी पोखरासम्म  सिधा हवाई उडान भर्ने भएको छ ।

काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब पोखराबाट पनि जहाज भद्रपुरका लागि उडान भर्नेछ ।

पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि भने बेलुकी ६:५५ मा उडान भर्ने गरी तयारी गरिएको हाे। सो हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।

पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि भद्रपुर–पोखरा उडान साँझ राखिएको उनको भनाई छ । उनका अनुसार पोखरामा जस्तो भद्रपुरमा यात्रु तथा पर्यटक बस्नका लागि पुर्वाधार नभएकाले साँझ उडान गराउन खोजिएको हो ।

म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्