आशा लघुवित्तकाे लाभांश दर संशोधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ फागुन । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ ।

माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले फागुन १५ गते आफ्नो चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्