सुनको मूल्य पाँच सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । नेपाली बजारमा बिहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजारमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य १ लाख २ हजारमा कारोबार भइरहेको छ । यस अघि बिहिबार यसको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्