लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीबाट कुनै जवाफ नआएको बताउनुभयो । उहाले अव पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सदन बिरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाले यसअघि भएको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्