भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

खबर बुक
  • ख-
  • ख+

१६ जेठ, काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने तय भएको छ।


भारत भ्रमणमा जान लागेका सभापति लामिछानेले जेठ २१ गते नेपालीहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रम ३ बजे लाजपतमा सुरु हुने जनाइएको छ । सभापति लामिछाने १८ गते भारत जाँदै छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय भेट गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्