लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ मागियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० फागुन । विभिन्न माग राखेर मधेशसहितका स्थानमा भएका आन्दोलनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी गंगाराम थारूले लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका हुन् ।  लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक आग्रह गरिएको भन्दै उनले तर, प्रधानमन्त्रीबाट धारणा नआएकाले अब तुरुन्त प्रधानमन्त्रीले धारणा राख्नुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्रीको धारणा नआएको सदनमा अवरोधको सुरुवात गर्ने उनले चेतावनी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्