कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङकाे नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ फागुन । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।

सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा बसेर काम गर्नेछन । उनलाई शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्