जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट मध्यराति फरार

खबर बुक
  • ख-
  • ख+

३ जेठ, काठमाडौं । जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छिन् ।

फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् । उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए ।

भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको उनले बताए । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् ।

यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।

घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत हुने गर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्