सुनकाे मूल्य आज ६०० रुपैयाँ घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्