प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ फागुन । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.४३ अंकले आरालो लागेर २१०५ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ३२० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५१ हजार ३११ रुपैयाको कारोबार भएको छ ।  यो सेसनमा २ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्