टोटनहम मिलानद्धारा १–० ले पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ फागुन । इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा  पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो । जसअनुसार खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्