तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीकाे निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि निर्णयहरू सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनुभयो । उहाँले सत्तारूढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पार्नुभयो । उहाँले सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरू सरकारमा नजाने बताउनुभयो ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ । आज नयाँ केन्द्रिय समिति सदस्यका रूपमा १६ जना चयन भएका हुन् । मनोनित हुनेमा निशा मेहता, विन्ध्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, सङ्गठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन हुनुभएको उपमहासचिव बर्तौलाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्