विकास सहायता र कनेक्टिविटीको विषयमा भारतसँग कुरा गरेका छौँ : परराष्ट्र मन्त्री राई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । परराष्ट्र मन्त्री विमला राई पौडेलले पछिल्लो समय नेपालले भारतसँग विकास साझेदारीका विषयमा कुराकानी गरेको जानकारी दिनुभएकाे छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सोमबार भएको भेटपछि मन्त्री राईले विशेषगरी भारतसँग विकास सहायता र कनेक्टिविटीमा जोड दिएको जानकारी दिनुभयाे ।

कनेक्टिविटीअन्तर्गत हवाइ यात्राका विषयमा दुई पक्षीय कुराकानी भइरहेको जानकारी दिएकी उनले रुट खोज्नेदेखि हवाइ यात्रामा देखिएका समस्या समाधानका विषयमा पनि छलफल भएको बताउनुभयाे ।

दुई पक्षीय सम्बन्ध बलियो बनाउँदै विकासको क्षेत्रमा जोड दिनेगरी छलफल भएको जानकारी दिएकी उनले विशेषगरी जलवायु परिवर्तनले दुवै देशलाई असर गरेकाले एउटै धारणा बनाएर अघि बढ्नुपर्नेमा आफूले जोड दिएको बताउनुभयाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्