४०० रुपैयाँले बढ्यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ।

शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्