जिरुडको गोलमा मिलानको जित, छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लियाे

खबर बुक
  • ख-
  • ख+

ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी .ए मा जित निकालेको छ ।

मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । फ्रान्सेली फरवार्ड  मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो ।मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा हर्नान्डेजको पासलाई जिरुडले ६२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । यस जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्