संघीय संसदमा राष्ट्रपति भण्डारीकाे सम्बोधन- उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरिरहेकी छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्