भिष्म र अस्मिताले ल्याए ‘अम्खरामा पानी’ (भिडियो)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । गायक भिष्म अधिकारीले आफ्नो डेब्यु गीत ‘अम्खरामा पानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

यस गीतमा गायक अधिकारीलाई लोकप्रिय गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन्। लोक शैलीको गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ। यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन्। बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्