प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ ।

यो सेसनमा नेप्से परिसुचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्