नेयमार प्रशिक्षणमा फर्किए तर बुधवारबाटै खेल्न पाउने

खबर बुक
  • ख-
  • ख+

पेरिस, २४ माघ । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन ।

तिघ्राको चोटका कारण चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन । पिएसजीले आगामी साता तीन महत्वपूर्ण खेल खेल्दैछ ।

बुधबार मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रनेछन । शनिबार पिएसजीले लिग वानमा चौथो स्थानको मोनाकोविरुद्ध खेल्नेछ । अगामी साता भने पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई खेल्ने कार्यतालिका छ ।

नेइमारले यस सिजनका सबैखाले प्रतियोगिता गरि २५ खेलमा  १७ गोल गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्