एमाले केन्द्रीय कमिटी बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

नेकपा एमालेको यहीँ माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले जानकारी दिनुभयाे ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको उहाको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने रिजालको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्