प्रि-ओपन सेसनमा नेप्से ०.२४ अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ माघ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ ।

यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्