आज हरियो तरकारी र फलफूलको मूल्य यस्ताे छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २३ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार,  किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो ।  नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम रहेको  समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २५० रुपैयाँ केजी, मंगुरी माछा ३०० रुपैयाँ केजी र रहु माछा ३५० रुपैयाँ केजीमा पाइन्छ ।
सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ  ११० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, तोरीको साग र जिराको साग ४० रुपैयाँ, रायो सागको ३० रुपैया, चमसुर, मेथी, पालु‌ंगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्