नेपाली कांग्रेस काभ्रेले क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
नेता चौलागाईं कांग्रेस बाग्मती प्रदेशका सदस्य पनि हुन् ।
उनलाई बलियो दाबेदारको रुपमा हेरिएको छ ।
सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा गरेको छ ।