माघ २९ गतेका लागि एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौं बैठक यही माघ २९ गते बस्ने भएको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्