राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफकाे दोस्रो जित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । विभागीय टोली नेपाल एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले शीर्ष दुईमा रहँदै फाईनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

फाईनलको सम्भावना बलियो बनाउने क्रममा एपीएफले आर्मीलाई २५–१७,२५–२१ र २५–१५ ले हराएको हो । जितसँगै एपीएफको दुई खेलबाट ६ अंक जोडेको छ । आर्मीले लगातार दोस्रो हार व्यहोर अंक बिहिन रहेको छ । प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्