सुनकाे मुल्य ताेलामा २ हजारले घट्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

शुक्रबार तोलामा एक लाख छ हजार एक सय रूपैयामा काराेबार भएकाे सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ घटेर एक लाख चार हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्