भालुको आक्रमणबाट वीरगञ्जमा दुई जना घाइते

न्युज कारखना
  • ख-
  • ख+

वीरगञ्ज, २० माघ । भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।

ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् ।

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ ।

जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।

घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्