पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य छ – कांग्रेस नेता अर्जुननरसिंह केसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २० । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताउनुभएको छ ।

न्यूज लाइन्स नेपालको सातौं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सहि निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताउनुभएको हो । नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हत्तारो नभएको पनि बताउनुभयो ।

उहाले मुलुकमा देखिएका बिभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राख्नुभयो । सभामुख, प्रधानमन्त्री बिभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउदा बृहत शक्तिसन्तुलन हुने उहाले दावी गर्नुभयो । उहाले गृह मन्त्रालयका बिषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गर्नुभयो । केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरुलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिनुभयो । ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरुले सत्ताका लागि झगडा गर्न नसुहाउने उहाले बताउनुभयो ।

नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताउनुभयो । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमती निर्माण गर्नुपर्नेमा उहाको जोड छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्