२० माघ,काठमाडौं ।कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाइ आज अदालत पेश गरिंने भएकाे छ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई हिजाे बाँकेबाट पक्राउ गरिएकाे थियाे । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं हिजाे ल्याइएको थियाे । बाँकेमा पक्राउ परेका उनलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको थियाे ।











