काठमाडौं, १९ माघ । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।











