सेयर बजार ४.९७ अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ ।

लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकीएको छ ।

मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेकोे थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

नेप्से परिसुचका अनुसार ११० कम्पनीमा उकालो लागेको छन  भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ ।

साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेको सबै उपसुचकहरुमा वृद्धि भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्