बाँदर आतंक नियन्त्रण गर्न संसदकाे माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ । प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे ।

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्