सुनको भाउ घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ माघ ।  मंगलबार छापावाल सुनको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिनका तुलनामा सुन प्रतितोला रु पाँच सयले घटेको छ।

साेमबार प्रतितोला रु १ लाख ६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज ताेलामा ५ सय रूपैयाले घटेर रु १ लाख ५ हजार ८ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम रहेको महासंघले जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्