संखुवासभा: छोराले कुटपिट गर्दा बुबाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ माघ । संखुवासभाको भोटखोला गाउँपालिका ५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ ।

बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका छोरा प्रेम कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत शुक्रवार राती ११ बजे बाबु छोरा बिच घरायासी बिषयमा सामान्य बादबिबाद क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेम कुमार राईलाई पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्