काठमाडौं, १३ माघ । सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा १ लाख ६ हजार ९ सय रूपैयामा काराेबार भएकाे छापावाल सुन आज ताेलामा १ लाख ५ हजार ८ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।











