मौसम : मध्यमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव

खबर बुक
  • ख-
  • ख+

१३ माघ, काठमाडौं । हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

मध्यमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहने। २. हिमाली र पहाडी भू-भागमा साताको शुरूमा र अन्त्यमा आंशिक बदली देखि सामान्यतया मौसम सफा तथा साताको मध्यमा आंशिक बदली देखि सामान्य बदली रहने छ। ३. साताको मध्यमा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना।

४. तराई भू-भागमा बिहानी र राती पख हुस्सु/कुहिरो लाग्ने संभावना। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साताको मध्यमा हल्का देखि मध्यम वर्षाको सम्भावना। ५. देशको अधिकांश भू-भागहरूमा अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्