राष्ट्रपतिमा सहमति जुटाएर साझा व्यक्तित्वलाई अघि सार्ने कोशिस हुने : देवेन्द्र पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौंं, माघ १२ । पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारवाही लगाएतका बिषयमा धारणा तय गर्न नेकपा माओवादी केन्दको स्थायी कमिटी बैठक बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकको पहिलो दिन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र सरकारको कामको बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा प्रचण्डको प्रतिवेदन, पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रचण्डलाई बधाई, नेता बर्षमान पुनको स्वास्थ्य लाभको कामना, यति बिमान दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जी अर्पण गरिएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । बैठकमा सरकार बन्नुपूर्वको गठबन्धनको स्थीती, नयाँ गठबन्धनको अवस्था र राजनीतिक घटना क्रममा बारेमा प्रचण्डले बिफ्रीङ गर्नुभएको र शुक्रबार एजेण्डागत रुपमा छलफल हुने प्रवक्ता महराले बताउनुभयो ।

त्यस्तै बैठकपछि सचिव देवेन्द्र पौडेलले सबैमा राष्ट्रपतिमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न कोशिस हुने बताउनुभयो । संविधानको रक्षा, मिश्रित बनावटको संसद त्यसलाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्नेमा माओवादीको जोड रहेको उहाले बताउनुभयो । माओवादीको स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्