मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुदैछ- गभर्नर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुदै गएको बताउनुभएको छ ।

बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा सरस्वतीको मन्दिर उद्घाटन गर्दै गभर्नर अधिकारीले बिगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको अवस्था गत असोजदेखि सुधार भएको र त्यसको सकारात्मक असर तरलतामा परेको बताउनुभयो ।

उहाले शोधनान्तर अवस्था र तरलतामा सुधार हुँदै गएकाले नै व्याजदर घट्दै गएको र छिटै कर्जामा पनि यसको असर देखिने धारणा राख्नुभयो । २ करोड भन्दा कम ऋण लिने साना व्यवसायीहरुलाई बेस रेटमा दुई प्रतिशत भन्दा बढि थप लिन नमिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको उहाले बताउनुभयो । अधिकारीले वित्तिय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोवारमा जोड्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित ज्योति माद्यामिक बिद्यालयमा चौदण्डीगढी वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारी दम्पतीले करिव १५ लाखको लागतमा सरस्वती मन्दिर निर्माण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्