सेयर बजार ०.४१ अंकले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ । सेयर बजार बिहीबार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ ।

बिहीबार २५४ कम्पनीको कारोबार भएको छ । ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ ।

समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ साथै, रिडी पावरको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा, आदर्श लघुवित्त बित्तीय संस्था र बराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल १०१ कम्पनीमा उकलो लागेको छ भने १०७ कम्पनीमा ओरालो लागेको छ । साथै ५ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्