सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गरेको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्