सेयर बजार दोहोरो अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ माघ । सेयर बजार बुधबार दाेहाेराे अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ ।
बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । ३ अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

राष्ट्रिय हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ र हिमालय दोलखा हाईड्रो पावरको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्रिन लाइफ हाईड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, सूर्य ज्योति जीवन बिमा र बलेफी हाईड्रोपावर कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल १५९ कम्पनीमा उकलो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्