सुनको भाउको घट्यो, चाँदी भने स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले घटेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २००  रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । सोही दिन छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्