कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, ८ माघ । कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ बैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए । शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्