कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ माघ ।  नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्