सुनचाँदीको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बिहीबार सुनको मूल्य स्थिर रहेको थियो । सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो। तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार ५०० रुपैयाँमा किनमेल भइरहेको छ । यसअघि बिहीबार तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्