मुख्यमन्त्री जम्कट्टेलाई १०५ सांसदले दिए विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

हेटौंडा, ३ माघ ।  वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । उनलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्