सगरमाथा इन्स्युरेन्सको लाभांशको दरमा थोरै संशोधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ।सगरमाथा इन्स्युरेन्सको केही मात्रामा लाभांश संशोधन भएको छ । नेपाल बिमा प्राधिकरण समितिको निर्देशनअनुसार कम्पनीले लाभांशको दरमा थोरै संशोधन गरेको हो ।

कम्पनीको ३० पुसमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । अब लगानीकर्ताले संशोधित भएको लाभांशअनुसार १२.४०% बोनस सेयर तथा बोनसमा लाग्ने कर चुक्ता पुँजीको ०.६५२६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जनाएको छ ।

यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरीने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्