दुई बर्षभित्र कर्णालीका सबै घरमा बिद्युत पुराउनेगरि काम भइरहेको छ- ऊर्जा मन्त्री

खबर बुक
  • ख-
  • ख+

ऊर्जा मन्त्री पम्फा भुुसालले दुई बर्षभित्र प्रसारण लाईनमार्फत कर्णालीका सवै घरमा बिद्युतको पहँुच पुराउनेगरि काम भइरहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद भीमबहादुर रावलले राख्नुभएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा मन्त्री भुसालले अहिले प्रसारण लाईन नपुगेका स्थानमा पनि बैकल्पीक ऊर्जाका माध्यमबाट बिद्युतको पहुच पुराईएको समेत बताउनुभयो । उहाँले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार विधुतको उत्पादन गर्न नसकिएको उल्लेख गर्नुभयो । त्यस्तै उहाले जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगङ्गा र दूधकोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । मन्त्री भुसालले पाँच बर्षभित्र सरकारले लिएको बिद्युत उत्पादनको लक्ष्य हासिल गर्न कठिन भएपनि काम भने तीव्रताका साथ भइरहेको बताउनुभयो ।

त्यसअघि जरुरी सार्वजनिक महत्वमाथिको प्रस्तावका क्रममा रावलले नेपालका सवै स्थानमा बिद्युतको पहुँच पुराएर मात्रै विद्युत् निर्यात नीति प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाले नेपालको केहि आयोजनाहरु भारतको जिम्मा लगाउने काम नेपालको हितमा नरहेको र यसले भविष्यमा बिद्युत बिक्रि बितरणमा समेत असर पार्न सक्ने तर्क गर्नुभयो ।

प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको अर्को बैठक २५ गते शनिवार बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्