काठमाडौं, १ माघ । डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सहकारीकै लगानीमा रहेको Dmpc Agro Farm & Organic Resort मा सम्पन्न भएको छ।
कोटेश्वर, ३२ काठमाडौंमा रहेको सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष शिवलाल पौडेलको सभापतित्व तथा ललितपुर वडा नम्बर २८ हरिसिद्दिका वडा अध्यक्ष तथा सहकारी विज्ञ विरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।
उक्त साधारण सभामा अतिथिका रुपमा रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछाने, नेपाल सरकारका सचिव बिनोन केसी, नेपाल वायु उर्जाका अध्यक्ष सुधिर कुमार यादव तथा सहकारी अभियन्ता रामहरी धितालको उपस्थिति रहेको थियो। कार्यालय प्रमुख दिपक केसीले कार्यक्रम संचालन गरेका थिए।
सभामा आर्थिक वर्ष ७८/७९ को संचालक समितिको प्रतिवेदन संस्थाका कोसाध्यक्ष सुजन खड्काले प्रस्तुत गरेका थिए। संस्थाको उक्त आर्थिक वर्षसम्ममा ४,७५, ८८,५०० रुपैया शेयर पूँजी तथा ५३,४५, ५२,३०० वचत संकलन गरेको जानकारी दिए। त्यसैगरी संस्थाले ४१,३२, १९,८२१ ऋण लगानी रहेको जानकारी दिए। उक्त कार्यक्रममा शेयर धनिहरुलाई विभिन्न सम्मान समेत प्रदान गरिएको थियो।
साथै साधारण सभा मार्फत १५ % का दरले शेयर धनिलाई लाभांश दिने जानकारी गराइएको थियो।











